
युक्रेनलाई थप १० करोड डलरको सहयोग दिने अमेरिकाको निर्णय
एजेन्सी– अमेरिकी विदेशमन्त्री एन्टोनी बिन्केनले युक्रेनलाई थप १० करोड डलर सहयोग घोषणा गरेका छन्। रुसले युक्रेनमा गरेको बर्बरताको समाचार आएसँगै अमेरिकाले थप सहयोग घोषणा गरेको हो।
एक विज्ञप्ति जारी गर्दै ब्लिन्केनले भने, ‘युक्रेनको अतिरिक्त एन्टी–आर्मर सिस्टमको तत्काल आवश्यकता देख्दै अमेरिकाले १० करोड डलरसम्मको सुरक्षा सहायता दिने निर्णय गरेको छ।’
त्यस्तै चेक रिपब्लिकले पनि युक्रेनलाई युद्धको लागि हतियार पठाउने भएको छ। चेक रिपब्लिक रुससँग लडिरहेको युक्रेनलाई हतियार सहयोग गर्ने पहिलो युरोपेली मुलुक बनेको छ।
वरिष्ठ चेक अधिकारीले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा युक्रेनलाई सोभियत निर्मित टी–७२ ट्यांक र बीभीपी–१ वाहन युक्रेन पठाएको बताएका छन्।



कागजपत्र |
