‘एमसीसी अस्वीकार गरेको भए श्रीलंकाले जस्तै आर्थिक संकट व्यहोर्नुपर्थ्यो’


काठमाडौं– नेकपा (एमाले)लेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले एमसीसी अनुदान अस्वीकार गरेको भए अहिले श्रीलंकाले जस्तै आर्थिक संकट भोगिरहेको हुने दाबी गरेका छन्।

संस्था नेपाल (ईप्पान) ले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पो–२०२२ मा पाण्डेले अनुदानको रकम अस्वीकार गर्ने अनि ऋण लिने शैलीले नै श्रीलंका आर्थिक रुपमा टाट पल्टिएको बताए।

‘हाम्रो आर्थिक परिदृश्य कहीँ न कहीँ एमसीसीसँग जोडिएको छ,’ उनले भने, ‘एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं।’
सरकारमा भएको दलले एमसीसी अनुदान स्वीकार गर्ने प्रस्ताव संसदमा लगेर पास गर्न अवस्था भएको र एमाले प्रतिपक्षमा भएकाले पनि नबोलेको उनले बताए।

उनले नेपालमा विद्युत्त विकासको प्राथमिकता अब बदल्नुपर्ने बताए। नेपाल विद्युत प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत परियोजना निर्माणमा जोड दिनुपर्ने उनको सुझाव थियो।

उनले पछिल्लो समय नेपालका कुना कुनामा गएर विद्युत परियोजना निर्माण गर्ने तर प्राधिकरणले सबै ठाउँमा टान्समिसन लाइन पुर्याउन सक्ने अवस्था नभएकाले एउटै करिडोरमा विद्युत उत्पादनमा सरकारले जोड दिनुपर्ने बताए।

‘विद्युत प्राधिकरणले भन्न सक्छ, मसँग यति पैसा छ। नेपालमा उत्पादन गर्ने क्षमताको लागि पानी छ भन्ने बितिकै सबै उत्पादन गर्नुपर्छ भन्ने जरुरी छैन,’ उनले भने, ‘अमेरिकाले जमिनमुनीको तेल कहिल्यै निकालेन। किन साउदी अरबबाट मात्रै किनेर बस्यो। राष्ट्रका आ–आफ्ना नीतिहरु हुन्छन्। यो बेलामा हामी निकाल्न सक्छौं सक्दैनौं कति निकाल्ने भन्नसक्छ। ’

प्रतिक्रिया