

इमरान खानद्धारा संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् ।
राष्ट्रघात भइरहेको भनी आफूलाई धेरै मानिसले चिन्तित हुँदै सन्देश पठाएको पनि इमरान खानले बताए । राष्ट्रको नाममा सम्बोधन गर्दै खानले राष्ट्रपतिलाई उक्त सल्लाह दिइएको बताए ।
पाकिस्तानी संसद्का उपसभामुख कासिल सुरीले प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेपछि खानले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । संविधानको धारा ५ को बर्खिलाप रहेको भन्दै उपसभामुखले अविश्वास प्रस्ताव खारेज गरेका हुन् ।
अविश्वास प्रस्ताव खारेज भएपछि खानले राष्ट्रलाई बधाई दिए । सत्तापसरिवर्तनको विदेशी षड्यन्त्रलाई उपसभामुखले निस्तेज पारिदिएको उनले बताए । राष्ट्रघात भइरहेको भनी आफूलाई धेरै मानिसले चिन्तित हुँदै सन्देश पठाएको पनि इमरान खानले बताए ।

