

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । वर्तमान मन्त्रिपरिषदमा उपप्रधानमन्त्री छैनन् । त्यसैले मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे राष्ट्रपतिको कार्यालयले जनाएकाे छ ।
मन्त्रिपरिषदको अध्यक्षसहित कार्यकारी अधिकारको प्रयोगका लागि प्रधानमन्त्री नआउँदासम्म उनले नै कार्यकारी अधिकारको प्रयोग गर्नेछन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारीगरी कार्यवहाक तोकेको हाे ।

