मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले ९ बजे बस्दै छ ।

बालुवाटार विशेष स्रोतका अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही राजनीतिक र प्रशासनिक निर्णयहरू पनि हुँदैछन् ।

केही दिनयता चर्चामा रहेको निजामती अध्यादेश आजैको बैठकबाट आउन सक्ने सम्भावना उच्च रहेको ती स्रोतले बताए । ‘यद्यपि तयारी पुरा नै भई हालेको त छैन’ ती स्रोतले भने, ‘तर मोटामोटी अहिले जे छ, त्यसैलाई पास गर्ने भनेको अवस्थामा आजै निर्णय पनि हुन सक्छ’ ।

 

प्रतिक्रिया