

कोरोना बढेसँगै चीनको संघाईमा फेरि लकडाउन

एजेन्सी- कोभिड–१९ को संक्रमण फैलिएसँगै चीनको स७शधलवसंघाई सहरमा सहरव्यापी लडाउन गरिएको छ। चीनले घोषणा गरेको लकडाउन अनुसार ९ दिनमा सांघाईमा दुई चरणमा लकडाउन गरिनेछ। यो अवधिमा सबै मानिसको कोरोना परीक्षण गरिनेछ।
पछिल्लो एक महिनायता कोरोनाको नयाँ लहर फैलिएसँगै सांघाईमा लकडाउनको घोषणा गरिएको हो। अन्तर्राष्ट्रिय संख्यालाई हेर्ने हो भने सांघाईमा भेटिएका संक्रमितको संख्या त्यति धेरै भने होइन।
यद्यपि सांघाईमा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित थपिन थालेका छन्। यससँगै संघाईका अधिकारीहरुले कोरोना संक्रमण बढेसँगै आफ्नो रणनीति पनि परिवर्तन गर्ने निर्णय गरेका हुन्।
यससँगै संघाईको पूर्वी भागमा सोमबारदेखि अप्रिल १ सम्म लकडाउन जारी रहनेछ भने अप्रिल १ देखि ५ सम्म पश्चिमी भागमा लकडाउन हुनेछ। यो अवधिमा सार्वजनिक यातायात बन्द हुनेछ। त्यस्तै कम्पनी तथा कारखानाले पनि आफ्नो कार्य बन्द गर्ने वा भौतिक उपस्थिति विना नै सञ्चालन गर्नुपर्ने हुन्छ।

