

बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएपछि भागेका व्यक्ति पक्राउ

बर्दिया- बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन्। बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने ३० वर्षीय मनियारलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

