

नकरात्मक कमेन्टको वर्षा भएपछि वर्षाले हटाइन् यी तस्बिर

काठमाडाैँ- अमेरिका भ्रमणमा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले नकारात्मक टिप्पणीको ओइरो लागेपछि बिकनी पहिरनमा खिचिएका आफ्ना तस्बिर सामाजिक सञ्जालबाट हटाएकी छन्। उनले यसै साता फ्लोरिडाको समुद्री तटमा बिकिनी लगाएर रमाएको तस्बिर आफ्ना फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्।

