

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

विराटनगर – प्रदेश १ सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश १ मन्त्रीपरिषद् बैठकले राति १२ बजेदेखस अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
चालु हिउँदे तथा नवौं अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय भएको प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्नेछन् ।
प्रदेश सभाको हिउँदे तथा नवौं अधिवेशनको १२ औं बैठक आजै बस्दै छ । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्ने विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

