युवा संघका केन्द्रीय सदस्य बम पक्राउ, दोहोरीकी महिला कलाकारमाथि हातपात गरेको आरोप


काठमाडौं – प्रहरीले नेकपा एमाले निकट संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई पक्राउ गरेको छ। ठमेलस्थित एक दोहोरीकी महिला कलाकारलाई हातपात गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

गएराति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले बमलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। महिलामाथि अभ्रद व्यवहार गरेकोमा उनीविरुद्ध मुद्दा चलाउने तयारी प्रहरीको छ।

प्रहरी स्रोतका अनुसार बमले एक महिलालाई लात र मुक्का प्रहार गरेको पाइएको छ। कालिकोटका बम प्रहरीको इन्काउन्टरमा मारिएका धादिङका दिनेश अधिकारी ‘उर्फ’ चरी निकटसमेत हुन्।

स्रोतका अनुसार उनको ठमेलका विभिन्न क्लबमा लगानीसमेत छ।

प्रतिक्रिया