कमल थापाकाे टिकटिक भिडियाे सन्देश : यसकारण मैले राजतन्त्रकाे एजेन्डा छाेडेँ


काठमाडाैँ-  राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुले राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे विषयमा प्रष्टीकरण दिएका छन्।  सामाजिक सञ्जालमा  टिकटकमा एक भिडियाे सन्देश गर्दै उनले आफूले राजसंस्था छाडेकाे भन्दा पनि पूर्वराजा ज्ञानेन्द्रले नै आफूलाई छाेडेकाे र त्यसपछि आफूले पनि राजसंस्था पूनर्स्थापनाकाे एजेण्डा छाेडेकाे बताएका हुन् ।

२०६२/६३काे राजनैतिक परिवर्तन पछि देश गणतन्त्रमय भएकाे अवस्थामा आफूले ज्यान हत्केलामा राखेर राजसंस्था पूनर्स्थापनाकाे लागि विगत १५ वर्ष देखि संघर्षरत रहेकाे भएता पनि गत मंसिर सम्पन्न राप्रपा महाधिवेशनमा आफूलाई पराजित गर्न निर्मल निवासले प्रत्यक्ष भूमिका खेलेकाे उनकाे अाराेप छ।

राजसंस्था पूनर्स्थापनाकाे विगत १५ वर्ष देखि गरिएकाे संघर्षका क्रममा जनता र जनताबाट अनुमाेदित राजनैतिक दलसँग सम्बन्ध सुधार गर्ने कुनै पनि किसिमकाे सकारात्मक प्रयास निर्मल निवास र राजाले नगरे पछि जनता र राजसंस्थाबीच दुरी बढ्दै गएकाे भन्दै नेपालमा राजसंस्था पूनर्स्थापनाकाे सम्भावना क्षीण बनेकाे उनकाे भनाइ छ।

भिडियो सन्देशमा थापाले भनेका छन्, ‘शतप्रतिशत राजावादी रहेको दल राप्रपामा निर्मल निवासले नांगो हस्तक्षेप गरेर राजसंस्था साझा अभिभावक र निष्क्रिय भएर बस्न सक्दैन भन्ने सन्देश प्रवाहित गर्‍यो, यो पृष्ठभुमिमा हामीले सोच्यौं कि अब लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जानू बाहेक अर्को कुनै विकल्प छैन, राजसंस्थाप्रति विश्वास र आस्था हिजो पनि थियो, त्यो सम्मान भोलि पनि रहनेछ, तर अबको गन्तव्य लोकतन्त्र हिन्दुराष्ट्र र समृद्धि नै हुनेछ।’

 

प्रतिक्रिया