आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, स्थानीय निर्वाचनको टिकट बाँड्न संसदीय समिति गठन हुने


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । आजको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको छ । पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी अर्को मुख्य एजेन्डा रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको पनि समीक्षा हुनेछ ।

प्रतिक्रिया