
रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिको भेला आज, काेकाे जालान्?
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला आज हुँदै छ । आज बिहान ९ बजे काठमाडौंमा हुने गरी भेला बोलाइएको हो । १४औँ महाधिवेशनको प्रक्रियामा सहभागी नभएपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन् ।
संस्थापनइतर पक्षका नेता पौडेल सभापतिमा आफ्नै गुटका नेताहरूले अघि नसारेपछि महाधिवेशनको प्रक्रियामा सहभागी नहुने बताएर घरमै बसेका थिए । त्यसयता संस्थापनइतर पक्षको भेलामा पौडेल बोलाइँदैनन् र सहभागी पनि हुँदैनन् । उनकाे भेलामा काेकाे जिल्ला सभापति जान्छन् भन्ने एकीन छैन। इतर समूहकाे नेतृत्व डा.शेखर काेइरालाले गरेपछि पाैडेलकाे भेलामा काेकाे जान्छन भन्ने पनि चासाेका साथ हेरिएकाे छ।



कागजपत्र |
