
आगामी निर्वाचनमा जुनसुकै दलसँग तालमेल सम्भव छ : राजेन्द्र महतो
काठमाडाैँ- लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन्। उनले आवश्यकता अनुसार जिल्लाका नेताहरुले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिए। बिहीवार पर्साको वीरगञ्जमा चुनावलक्षित गरी आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन्।
‘गठबन्धन नै गर्नुपर्छ भन्ने होइन, त्यस्तै परे कुनै पार्टीसँग निर्वाचनको समयमा गठबन्धन हुन सक्छु, उनले भने,ुहामीले गठबन्धनको राजनीतिका लागि बढी जोड गरेका छैनौँ। भविष्यमा आवश्कता अनुसार गठबन्धनको सम्भावना रहेकाले कुनैपनि दलसँग गर्न सकिन्छ।’
वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै मधेशवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको आरोप लगाए। महतोले यादवले मधेसको मुद्दा छोड्ने गरेको आरोप पनि लगाए। सत्ताका लागि मधेशी जनतालाई सहादत मात्र दिन लगाउने र मधेशवाद छैन भन्ने कुरा गलत रहेको उनले बताए।
‘जनताले देखिरहेको छ, बुझिरहेको छ, मधेसी जनलाई श्री बनाउने, साधन बनाउने, अनि मधेशवाद छैन, मधेस छैन, यो चाहिँ सुहाएन। बेइमानी भयो। यो गर्नु हुँदैन,’ उनले भने, ‘हिजोसम्म म मधेशवादी भनेर उफ्री उफ्री भाषण गर्ने, आज मधेशवाद थाहै छैन भन्ने । मधेशवाद थाहा छैन भन्नुको मतलव मधेश थाहा छैन भन्नु हो।’
वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन पार्टी लड्दै गरेकाले हकअधिकारका मुख्य एजेण्डा रहेको पनि बताए। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरूको सक्रियता बढ्न थालेको छ। दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेका छन्।



कागजपत्र |
