जोरपाटी–साँखु सडक पिच गर्न माग गर्दै थलीमा प्रदर्शन, बिहानैदेखि सडक अबरुद्ध


काठमाडौँ– जोरपाटी–साँखु सडकखण्ड पीज गर्न माग गर्दै सडक अबरुद्ध पारिएको छ। उक्त सडकखण्ड लामो समयदेखि अस्तव्यस्त भएको भन्दै थलीका स्थानीयले सडक अबरुद्ध पारेर दबाब दिएका हुन्।

सडकमा मुढा, बाँस तेर्स्याएर स्थानीयले आवत, जावत बन्द पारेका हुन्। उनीहरूले तत्काल सडक पिचकाे काम गर्न सम्बन्धित निकायमा पटक पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि सडक अवरूद्ध पारेकाे बताएका छन्।

प्रतिक्रिया