काठमाडौंको शंखमुलमा दिउँसै खुकुरी हानाहान


काठमाडौं-  काठमाडौंको शंखमुलमा खुकुरी हानाहान भएको छ । बुधबार दिउँसो शंखमुल पुल नजिकै युवाहरूको दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेको टाउको र हातमा चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  उनको उपचारको लागि सिभिल अस्पताल पठाइएको छ।

प्रहरीले घाइते र खुकुरी हान्ने व्यक्तिको पहिचान भएपनि खुलाएको छैन।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया