निगमले आईओसीलाई बुझायो १२ अर्ब ३० करोड


काठमाडौं –  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई १२ अर्ब ३० करोड बुझाएको छ । निगमले पेट्रोलियम पदार्थ खरिद गरेवापतको मार्च महिनाको दोस्रो किस्ताबापत उक्त रकम बुधबार आईओसीलाई बुझाएको हो । निगमले  दोस्रो किस्ता बिक्री भइरहेको इन्धनबाट बुझाएका निगमको निमित्त नायब कार्यकारी  प्रमुख नागेन्द्र साहले बताए ।

निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई भुक्तानी गर्दै आएको छ । यसअघि मार्च महिनाको पहिलो किस्ताबापत १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको थियो ।

उक्त रकममध्ये नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर आईओसीलाई बुझाइएको थियो । सरकारले २०७१ चैतदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थ र ग्यासको खुद्रा बिक्रीको एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ । तर, निगमले आईओसीलाई तिर्न अपुग रकम पनि त्यहीं स्थिरीकरण कोषबाट झिक्दै आएको छ । उक्त कोष पनि रित्तिने अवस्थामा पुगेको छ । कच्चा तेलको मूल्य उच्च दरले बढिरहँदा अबका दिनमा आपूर्तिमा चुनौती थपिएको निगमले बताएको छ ।

प्रतिक्रिया