उद्योग वाणिज्य संघ जुम्लामा लाेकतान्त्रिक प्यानल विजयी, अध्यक्षमा देवकोटा


जुम्ला-  देशको तीन खम्बे अर्थतन्त्र नीति मध्यको प्रमुख मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको छाता संगठन जुम्ला उद्योग वाणिज्य संघमा लाेकतान्त्रिक प्यालन विजयी भएकाे छ। कांग्रेस निकट लाेकतान्त्रिक र वाम निकट वामपन्थी प्यानल चुनावी मैदानमा उत्रिएकाे थियाे। जसमा कांग्रेस निकट पुरिचन्द्र देवकोटा अध्यक्षमा निर्वाचित भएका छन् । देवकाेटाले वामपन्थी निकटका भैरबहादुर कठायतलाई पराजित गरेका हुन्।

निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाए।  प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गरे।

उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी र कोषाध्यक्षमा देवेन्द्र आचार्य विजयी भए।  देवकोटाको प्यानलबाट  सदस्यमा दिलबहादुर रोकाया, सुनिता श्रेष्ठ, लक्ष्मीचन्द्र भट्टराई भूपेन्द्र बुढा, कमल रोकाया र देवीप्रसाद चौलागाईं रहेका थिए ।

यस्तै महिला सदस्यमा अनुपमा रोकाया, दलित सदस्यमा बलबहादुर सार्की र जनजाति सदस्यमा नन्दबहादुर गुरुङको उम्मेदवारी रहेको छ । देवकोटा प्यानलको लेखा समितिको संयोजकमा खड्क धामी, सदस्यमा धनबहादुर बोहरा र पूर्णप्रसाद चौलागाईंले उम्मेदवारी दिएका थिए ।

यस्तै युवा व्यवसायी कठयतको प्यानलमा प्रथम उपाध्यक्षमा नन्दराज धिताल, उपाध्यक्षमा डँगे सार्की, महासचिवमा पूर्ण आचार्य, कोषाध्यक्षमा कमलबहादुर महत, सदस्यमा पूर्णबहादुर बुढ्थापा, दलबहादुर महतारा, लोगजंग रावल र ज्ञानबहादुर सुनारको उम्मेदवारी रहेको थियाे।

यस्तै महिला सदस्यमा चन्द्रवती उपाध्याय, जनजाति सदस्यमा मिमलाल श्रेष्ठ र दलित सदस्यमा डम्बर सार्कीको उम्मेदवारी रहेको छ । यस्तै लेखा समितिको संयोजनकमा बालकृष्ण बुढाक्षेत्री, सदस्यमा देविदास बुढा र शिवलक्ष्मी महतको उम्मेदवारी रहेको थियाे।

प्रतिक्रिया