बेनेलीको “सोझै २५ हजार क्यास डिस्काउन्ट” अफर घोषणा


काठमाडौं – इटालीको उत्कृष्ट बाइक, बेनेलीले नयाँ क्याम्पेन अन्तर्गत “सोझै २५ हजार क्यास डिस्काउन्ट”, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको छ ।

बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नुहुनेछ । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ ।

ईटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ ।

बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन् । सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेली को १५० सिसिदेखि ७५२ सिसिसम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध छन् ।

बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित रहेको कम्पनीले बताएको छ ।

नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका लागि विभिन्न योजना र अफरहरु ल्याइरहेको छ । यो अफरले ७ हजारभन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया