

आचारसंहिताविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै

काठमाडाैं – स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयाेगले कायम गरेकाे आचारसंहिताविरुद्धकाे रिटमा आज (मंगलबार) सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।
निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोमबार दर्ता भएको रिटमाथि आज सुनुवाइको पेसी तोकिएको छ ।

