


लोसपाले एमालेसँग चुनावी तालमेल गर्ने

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आसन्न निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल भएको छ।
लोसपाका शीर्ष नेता अनिल झाले एमालेसँग चुनावी गठबन्धनको सम्भावना रहेको बताए। ‘राजनीतिमा असम्भव केही हुँदैन। एमालेसँग पनि हुनसक्छ। जसपासँग पनि गठबन्धन हुनसक्छ,’ उनले मंगलबार सञ्चारकर्मीसँग भने, ‘जोसुकै सँग पनि धरातलीय यथार्थ हेरेर गठबन्धन हुनसक्छ।’
लोसपा पूरानो राजपाकै नयाँ स्वरुप भएको भन्दै उनले मधेसमा बलियो पकड रहेको दाबी गरे। आसन्न स्थानीय तह निर्वाचनमा राम्रो परिणाम ल्याउने उनको दाबी छ।

