चीनमा १३३ यात्रुबाहक विमान दुर्घटनाग्रस्त


चीन – चीनमा १ सय ३३ यात्रु रहेको विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

चीनको सरकारी च्यानल सिसिटीभीले दिएको जानकारीका अनुसार हालसम्म हताहतबारे कुनै आधिकारिक जानकारी भने उपलब्ध भएको छैन ।

सिसिटीभीको रिपोर्ट अनुसार दक्षिण पश्चिमी चीनको ग्वाङ्ग्शी क्षेत्रमा बुझो शहर नजिकै एक ग्रामिण इलाकामा बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त स्थल नजिकै पहाडमा मुस्लो देखिएको जनाइएको छ ।

प्रतिक्रिया