

निर्वाचन वैशाख ३० मा तर, हुम्लाको नाम्खामा अहिले नै चयन भइसके वडा अध्यक्ष र सदस्य
वडा अध्यक्षमा दोहोरिए कांग्रेसका पाल्जोर लामा

काठमाडौँ – सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरेको छ। सोही दिन सातै प्रदेशका ७५३ वडामा अध्यक्षदेखि सदस्यहरु चयन हुने हो। तर, हुम्लाको नाम्खा गाउँपालिकाका लिमिका स्थानीयले भने वडा अध्यक्ष तथा सदस्यहरु अहिले नै चयन गरिसकेका छन्। नाम्खा गाउँपालिकाको जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडा अध्यक्षमा पाल्जोर तामाङलाई बनाएका छन्। उनी अहिले पनि अध्यक्ष नै थिए।
उनी नेपाली कांग्रेसका नेता हुन्। सदस्यहरुमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरुको मात्रै मनोनयन दर्ता हुने छ र उनीहरूलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।
उनका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो । अब आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि मात्र मतदान हुनेछ र

