देशभर १७ जनामा मात्रै कोरोना पुष्टि, ४०९ जना संक्रमण मुक्त


काठमाडौं – नेपालमा दैनिक कोरोना संक्रमण पुष्टि हुनेको संख्या २० भन्दा पनि तल झरेको छ। पछिल्लो २४ घण्टामा देशभर १७ जनामा मात्रै कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ४ हजार ५४३ नमूनाको परीक्षण हुँदा शनिबार १७ जनामा संक्रमण पुष्टि हो।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ४०९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ३ हजार ६९५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया