

आगामी निर्वाचनमा भाग लिने कि नलिने भन्ने निर्णय गर्न विप्लव माओवादीको बैठक बस्दै

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक कपिलवस्तु शिवगढीस्थित आफ्नै कार्यालयमा बिहान बस्ने केन्द्रीय कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार आफ्नै केन्द्रीय कार्यालयमा पहिलो पटक नेकपा केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा एमसीसी र स्थानीय निकायको निर्वाचनबारे छलफल हुने प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । उनकाअनुसार बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिनेरनलिनेबारे निर्णय गर्ने छ ।
आगामी स्थानीय निर्वाचनमा भाग लिन नहुने भन्दै नेता(कार्यकर्ताले विरोध र खबरदारी गरिरहेका छन् । नेकपामा आगामी निर्वाचनमा भाग लिनेरनलिनेबारे दुईथरी मत छ ।

