कुमारी क्यापिटलमा डिम्याट खाता खोल्ने ग्राहकलाई स्मार्ट वेल्थ प्रोमा २० प्रतिशत छुट


काठमाडौँ – कुमारी क्यापिटलमा डिम्याट खाता खोल्ने ग्राहकहरुले ‘स्मार्ट वेल्थ प्रो’ को वार्षिक ग्राहक बन्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

अब कुमारीमा डिम्याट खाता खोल्नेहरु करसहित २ हजार ८८० रुपैयाँमै स्मार्ट वोल्थ प्रोको ग्राहक बन्न सक्नेछन् । छुटबाहेक भने वार्षिक ग्राहक बन्दा करसहित ३ हजार ६०० रुपैयाँ पर्ने स्मार्ट वेल्थ प्रोले जानकारी गराएको छ ।

ग्राहकहरुले कुमारी क्यापिटल तथा कुमारी बैंकको देशभरका शाखाबाट डिम्याट खाता खोल्न सक्नेछन् । साथै, कुमारीको एप्लिकेसनमार्फत अनलाइनबाट पनि डिम्याट खाता खोल्न सकिनेछ ।

प्रतिक्रिया