ओरालो लाग्यो सेयर परिसूचक, कारोबार रकम पनि घट्यो


काठमाडौंं – बुधबार पनि सेयर बजारको परिसूचक ओरालो लागेको छ । १९.६५ अङ्कले घटेर नेप्से परिसूचक २६३१ अङ्कमा कायम भएको छ ।

त्यस्तै कारोबार रकममा पनि कमी आएको छ । मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार २ अर्ब ५७ करोडमा खुम्चिएको छ ।

होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा उपसमूह ७७ अङ्क बढे । बैङ्किङ ११, व्यापार ३६, विकास बैङ्क ६०, जलविद्युत ३३, फाइनान्स २९, उत्पादन ४४, अन्य ५७, माइक्रोफाइनान्स ९ र जीवन बीमा उपसमूह ५७ अङ्कले घटे ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मैलुङखोलाको मूल्य ६ तथा सोल्टी होटलको ४ प्रतिशत बढ्यो ।

नेपाल टेलिकम, गरिमा विकास बैङ्क, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमशस्अगाडि रहे । युनाइटेड इदी मर्दीको मूल्य ४.९ तथा टेलिकमको ३.५ प्रतिशत घट्यो ।

प्रतिक्रिया