राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्यको घोषणा


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । उनले सरकारको सिफारिसमा संसदको अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधार २ बमोजिम चैत १ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ ।

प्रतिक्रिया