
भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश, मन्त्री हुँदा दिमाग फुस्किएको थियो र ?
काठमाडौं – नेपाली काँग्रेसका सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । नेता रावलले मन्त्री हुँदा एमसीसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका थिए ।
आज (सोमबार) नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोलेका प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेस गरेको एमसीसी प्रस्ताव आफूहरूले पारित गरेको बताए ।
‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने रु,’ प्रधानमन्त्री देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो । उहाँ त्यस बेला मन्त्री हुनुहुन्थ्यो । उस बेला दिमाग खुस्किएको थियो रु थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ रु’
ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसीसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो।
‘त्यस बेला किन विरोध गर्नुभएन ? राजीनामा किन दिनु भएन ? , रावललाई प्रश्न गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले आएर बोल्न लाज छैन ? भीम रावल के हेरेर बसे त्यस बेला अहिले विरोध गर्दै छन्।’



कागजपत्र |
